सिटी जिम र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण फुटसल
पाेखरा | असार २९, २०८१
पोखरा: पोखरा ९ नयाँबजारमा रहेको सिटि जिम र खेलकुद पत्रकार मञ्च गण्डकी बिच भानु जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
सिटी जिमले हप्ताको एक दिन फुटसल खेल खेल्ने आफ्नो अभियानलाई अघि बढाउँदै खेल क्षेत्रमा कलम चलाउँदै आएका खेल पत्रकारको छाता संगठन खेलकुद पत्रकार मञ्च गण्डकी सँग मैत्रीपूर्ण फुटसल खेलेको हो ।
मैत्रीपूर्ण प्रतियोगितामा सिटी जिमले १९–५ गोलले जित हासिल गरेको छ । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको जिमले गुणस्तरीय सेवा दिदैँ आइरहेको सञ्चालक गोकर्ण कार्कीले बताए । उनका अनुसार जिमले हरेक हप्ता विभिन्न क्लब तथा संघसंस्थाहरु सँग मैत्रीपुर्ण फुटसल खेल खेल्दै आइरहेको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

